PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

पोखरामा नगरबस दुर्घटना, १६ जना घाइते, एकको अवस्था गम्भीर



पहिलोपोस्ट

काठमाडौं : पोखराको पुम्दीभुम्दीमा नगर बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
 
लुकुनस्वाराबाट पोखरा आउँदै गरेको ग १ ख ६७९४ नम्बरको बस कालाबाङ भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटना परी एक जना गम्भीर घाइते भएका छन्। अन्य समान्य घाइते भएको प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। 'चालकको लापरबाहीको कारण दुर्घटना भएको बुझिएको छ,' उनले भने, 'हामीले चालकलाई नियन्त्रणका लिएर सोधपुछ गरिरहेका छौं।'

घाइते भएकाहरुको गण्डकी मेडिकल कलेजमा उपचार गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell