PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

भारतीय दवावबीच अमेरिकाले भन्यो : पाकिस्तानलाई 'आतंकवादी स्टेट' घोषणा गर्न सकिन्न



पहिलोपोस्ट

भारतीय दवावबीच अमेरिकाले भन्यो : पाकिस्तानलाई 'आतंकवादी स्टेट' घोषणा गर्न सकिन्न

संयुक्तराज्य अमेरिकाले पाकिस्तानलाई ‘आतंकवादी राज्य’ घोषणा गर्न नसकिने बताएको छ। सँगै उसले यस क्षेत्रलाई सुरक्षित राख्न सहयोग जारी राख्ने बताएको छ।

कास्मिर मुद्दालाई लिएर भारत र पाकिस्तानसँग गहन छलफल भएको बताउँदै अमेरिकाले दुवै देशबीचको तनाव कम गर्ने प्रयास थालेको जनाएको हो।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किरवेले पाकिस्तानले आफ्ना आणविक शक्तिलाई आतंकवादीबाट सुरक्षित रुपमा जोगाएर राखेकोमा विश्वस्त रहेको बताएका छन्।

अमेरिकी संसदमा पाकिस्तनालाई ‘टेरोरिस्ट स्टेट’ घोषणा गर्ने प्रस्तावका विषयमा उनले सोझै इन्कार गरे र त्यो हुन नसक्ने बताए।

यद्यपि उनले संसदमा दर्ता भएका विषयमा आफूले नबोल्ने बताउँदै तत्काल पाकिस्तानमाथि ‘आतंकवाद’को बिल्ला भिडाउन नमिल्ने बताए।

भारतीय र पाकिस्तानी सैनिकबीच कास्मिरमा कायम तनावबीच भारतले पाकिस्तनाविरुद्ध अन्तरर्राष्ट्रिय लबिङहरु थालिसकेको छ। त्यसको पहिलो कदमका रुपमा पाकिस्तानमा आयोजना हुने तयारी पूरा भइसकेको सार्क सम्मेलन बहिस्कार थियो।
फाइल फोटो : रोयटर्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell