काठमाडौं : ‘गाजलु आँखा’बाट साङ्गीतिक उद्योगमा प्रवेश गरेकी प्राश्ना पाण्डेले भरखरै दसैं विशेष गीत लिएर आएकी छिन्।
'दसैं आयो तिहार आयो, हाम्रो महान चाडपर्व आयो' बोलको गीतसहित उनको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। गोविन्दप्रसाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको सङ्गीत रहेको उक्त म्युजिक भिडियो विरु तमुले खिचेका हुन्। म्युजिक भिडियोको निर्देशक मोहनराज अधिकारी रहेका छन्।
हेर्नुस् भिडियो-