PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको कंलकी चोकमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा ३२ प २४३६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ५ ख २०६१ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा मकवानपुर फापरबरी घर भई हाल काठमाडौं नैकापमा बस्दै आएका ४३ वर्षीय रत्नबहादुर राईको मृत्यु भएको हो। उपचारको क्रममा कलंकीस्थित सिटी सेन्टर अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटसाइकलको पछाडि बसेको २६ वर्षीय धमेन्द्र साहको भने अवस्था सामान्य रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell