PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​नोबेल शान्ति पुरस्कार जित्ने सन्तोष राष्ट्रपतिसँगै मिडियाका मालिक पनि!



पहिलोपोस्ट

​नोबेल शान्ति पुरस्कार जित्ने सन्तोष राष्ट्रपतिसँगै मिडियाका मालिक पनि!

आज घोषणा गरिएको नबोल पुरस्कार विजेता कोलम्बियन राष्ट्रपति जोन म्यानुअल सन्तोष राजनीतिज्ञमात्र होइनन् पेशाले अर्थशास्त्री र मिडियाका व्यवसायीसमेत हुन्।

आर्थिक अवस्था ज्यादै बलियो रहेको सन्तोषको इआइ टिम्पो पत्रिकामा मेजोरिटी सेयर थियो। सन् २००७ मा उनको सेयर भएको पत्रिका प्लानेटा डेएगोस्टेनीलाई बिक्री गरिएको थियो।  

पत्रिकासँगै कफीसँग पनि नाता छ उनको। युनिभर्सिटी अफ कान्सासबाट स्नातक गरेपछि उनले नेसनल फेडरेसन अफ कफी ग्रोअर्स अफ कोलम्बियामा अर्थशास्त्रीका रुपमा काम गरेका थिए। सन् १९८१ मा उनी इआइ टिम्पोका डेपुटी डाइरेक्टर चयन भएका थिए।

उनले कोलम्बियामा रहेका विद्रोहीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण भूमिका खेले। त्यसैको सम्मान स्वरुप उनलाई नोबेल पुरस्कार प्रदान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell