PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

​संविधान संशोधन प्रस्ताव दशैपछि : मन्त्री केसी



पहिलोपोस्ट

​संविधान संशोधन प्रस्ताव दशैपछि : मन्त्री केसी

काठमाडौं : शहरी विकास मन्त्री अर्जुनरसिह केसीले दशैं सकिएको एक महिनाभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन्।

रिपोटर्स क्लबमा बोल्दै मन्त्री केसीले दशैं सकिएको १५ दिनदेखि एक महिनाभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी भइसकेको बताए।
उनले भने ,‘अब संशोधन प्रक्रिया अघि बढाउने कुरामा कुनै ढिलाई हुँदैन। यसका लागि प्रमुख दलहरुबीच अन्तिम छलफल भइरहेको छ।’
 
मन्त्री केसीले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गर्नेमा आफूहरु विश्वस्त रहेको बताए। भने, ‘संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि हामी सबै दलहरुको उत्तिकै महत्वपूर्ण जिम्मेवारी छ, यसको लागि खासगरी काँग्रेस, एमाले र माओवादी मिल्न जरुरी छ।’
 
उनले संविधानलाई लिएर असन्तुष्टि पोख्ने दलहरुको समेत आवाजलाई सम्बोधन गर्ने उद्देश्यले सरकारले द्रुत गतिमा काम गरिरहेको विश्वास दिलाए। उनले थपे, ‘असहमतिका स्वरहरुलाई पनि सम्बोधन गर्नुपर्छ, यही भावनाका साथ अहिले हामी काम गरिरहेका छौं।’
केसीले तीन वटै निकायको चुनाव गराउनु अहिले अनिवार्य आवश्यकता भएकाले सरकाले चुनावको लागि तयारी गरिराखेको समेत जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell