PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

नेपाल वायुसेवा निगममा जागिर खुल्यो



पहिलोपोस्ट

काठमाडौं : महँगो पैसा तिरेर पाइलट पढेकालार्इ खुसीको खबर छ। नेपाल वायुसेवा निगमले २३ जना पाइलटलार्इ जागिर दिँदैछ। निगमले २३ पाइलटसँगै ५० जना प्राविधिक कर्मचारी समेत राख्नेछ।
 
निगमले १८ महिनामा थप्न लागेको नयाँ जहाज र सञ्चालनमा रहेका जहाजका लागि पाइलट आवश्यक भएपछि विज्ञापन खुलाएको छ। निगमले सिनियर क्याप्टेन ९, क्याप्टेन ७ र जुनियर क्याप्टेन ७ जना मागेको छ।
 
महँगो रकम तिरेर पाइलट कोर्स गरे पनि काम नपाएर धेरै पाइलट बेरोजगार छन्। मुलुकभित्र पूर्वाधारको विकास नहुँदा वायुसेवा व्यवसाय समेत सुस्त छ। वायुसेवा व्यवसाय सुस्त भएकोले पाइलट बेरोजगार हुनुपरेको हो।
 
निगमले सिनियर पाइलटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स पाएर कम्तीमा १० वर्ष पाइलट इन कमान्डको हैसियतले उडान गरेको हुनुपर्ने योग्यता तोकेको छ।
 
निगमले क्याप्टेनका लिग प्राधिकरणबाट लाइसेन्स लिएर कम्तीमा चार वर्ष पाइलट इन कमान्डको हैसियतले उडान गरेको हुनुपर्ने प्रावधान तोकेको छ। निगमले जुनियर क्याप्टेनका लागि प्राधिकरणबाट लाइसेन्स लिई मल्टी इन्जिन एयरक्राफ्टको पाइलट इन कमान्ड इन्डोर्समेन्ट गरेको हुनुपर्ने उल्लेख छ।
 

प्राविधिक ५० जना

निगमले एयरलाइन्सका लागि आवश्यक अरु ५० जना प्राविधिक कर्मचारी समेत मागेको छ। निगमले वायुयान मर्मतका लागि वरिष्ठ प्राविधिक अधिकृत २० जना, जुनियर फ्लार्इट डिस्प्याचर १० जना, सिभिल ओभरसियर दुर्इ जना, ग्राउन्ड इक्युपमेन्ट अपरेटर १० जना, टेक्निसियन पेन्टर २ जना, टेक्निसियन टेलर १ जना र टेक्निसियन जेनरल टुल्स ५ जना मागेको छ।

निगमले आवेदन कात्तिक ११ गतेसम्म बुझाउन सकिन जनाएको छ। दोब्बर दस्तुर तिरेर कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने निगमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell