PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​एक सय चार कैदीलाई माफी



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बडादसैँ, २०७३ का उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका १०४  कैदीलाई माफी दिएकी छिन्।
 
कारागार नियमावली, २०२० एवम् सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यावधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका गजेन्द्र लावती लगायत कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell