काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज वरिष्ठ चित्रकार तथा निबन्धकार मनुजबाबु मिश्रको निवास (हर्मिताज) आरुबारी पुगी भेटेका छन्।
बहुदलीय व्यवस्था स्थापनादेखि यस व्यवस्थासँग असन्तुष्ट भई विसं २०४६ देखि आफ्नो कुटीबाट बाहिर ननिस्किएका मिश्रलाई अध्यक्ष ओलीले विजयादशमीको उपलक्ष्यमा शुभकामना दिए।
अध्यक्ष ओलीले साहित्यकार मिश्रलाई उहाँको उक्त बहुदल विरोधी मान्यतामा पुनःविचार गर्न पनि आग्रह गरे। मिश्रले त्यसबारे कुनै ठोस जवाफ दिएनन तर निवासमा भेट्न आएकामा ओलीलाई धन्यवाद दिए। रासस