PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

आज बडादसैंको सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै



पहिलोपोस्ट

आज बडादसैंको सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं : विजयादशमीको आज सातौं दिन अर्थात् फूलपाती। देशभर नेपालीहरुका घरघर, शन्तिपीठ र दसैंघरमा धुमधामको साथ फूलपाती भित्र्याइँदै छ।
 
दसैंघरमा फूलपातीको शुभसाइतको प्रतीकको रुपमा अदुवा, उखु, केराको बोट, धानको बोट, बेलपत्र, दारिम, आशोका, फलफूल जयन्ती लगायतका नयाँ पालुवा समेत विधिपूर्वक भित्र्याइने गरिन्छ।
 
आज बिहानदेखि नै देवी तथा कालरात्रि भगवतीको पूजा आराधनाको लागि देशभरका शक्तिपीठहरुमामा दर्शनार्थीहरुको घुइँचो लागेको छ। आजैका दिन गोरखाबाट ल्याएको फूलपाती धादिङको जीवनपुरबाट पूजारीसहित बाहुन, मगर र नेवार जातिका ८ जनाले काठमाडौंको जमलसम्म ल्याई पर्सेर हुनमानढोकास्थित दसैंघरमा विधिपूर्वक भित्र्याउने गरिन्छ।
 
फूलपातीको दिन पारेर हर्षोउल्लासका साथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारी सेवा रहेका अधिकारीहरु, आशागुर्जा टोली, पञ्चेबाजा, सांस्कृतिक नाचगान सहितको समूह खटिने गर्छन्।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सरस्वती सिंहले जानकारी दिए। यस वर्षको फूलपाती आज अपराह्न ४ बजे भित्र्याइने कार्यक्रम छ। 
 
फूलपातीको अवसरमा नेपाली सेनाले काठमाडौंको टुडिखेलमा फूलपाती हर्षबढाइँ तथा निशान प्रदान, कवाज समारोह समेत गर्दै आएको छ। आजबाट सबै सरकारी कार्यलयहरु समेत बन्द हुने भएकाले राजधानी सुनसानझैं बनेको छ। नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैंको रौनकतालाई अझ बढाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell