गोरखा : पालुङ्टारस्थित मर्स्याङ्दी नदी किनारबाट लिगलिग कोटसम्म दौड पूरा गरी पर्वतका अनिश थापाले यस वर्षको लिगलिगे दौड जितेका छन्।
५६ मिनेट १८ सेकेन्ड दौडेर विजयी भएका थापाले श्रीपेचको प्रतिकृति, रु ५० हजार ५५० र प्रमाणपत्र प्राप्त गरे।
यस्तै गोरखा, मान्वुका शुभराज गुरुङले ५७ मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गरेर दोस्रो भए। उनले ३० हजार ३०५ पुरस्कार जितेका छन्।
नेपाली सेनाका कृष्ण बस्नेत ५८ मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए। उनले २० हजार ५ सय पुरस्कार जिते।