PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

दसैंको उपहार, वृद्ध दम्पतीलाई नयाँ घर



पहिलोपोस्ट

दाङ : दसैंको आगमनसँगै दाङका वृद्ध दम्पतीले उपहारस्वरुप नयाँ घर पाएका छन्। यसले उनीहरुलाई झन् खुसी थपेको छ।
 
रामपुर गाविस–३ बालिमखोला किनारमा बस्दै उनीहरुका लागि सामाजिक अभियानबाट घर निर्माण गरिएको हो। ८३ वर्षीय नमबहादुर विक र ७९ वर्षीया श्रीमती आइतीका लागि ६ लाख रुपैयाँ लागतमा बनाइएको घर हस्तान्तरण गरियो।
 
देशविदेशमा रहेका विभिन्न व्यक्ति र संस्थाको सहयोगबाट ६ लाख ६ हजार ३६१ रुपैयाँ जुटेको थियो।

दुईकोठे पक्की घरमा शौचालय र स्नानगृह पनि बनाइएको छ। ५ लाख ७४ हजार ९२५ खर्चमा घर बनाइसकिएको निर्माण समितिका अध्यक्ष प्रकाश शाहीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell