रसुवा : नेपालको भ्रमण गर्न आएका पर्यटकले जिबजिबेस्थित एक विद्यालयको भवन निर्माणको सहयोगार्थ आर्थिक सहयोग गरेका छन्।
रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको पहलमा अस्ट्रेलियास्थित अक्स्ले कलेजका शिक्षक रुथ सेरिडनले नीलकण्ठ नमुना माविका प्रचार्य नारायणप्रसाद देवकोटालाई रु ६ लाख ५० हजार प्रदान गरेका हुन्।
दाताबाट प्राप्त सहयोग भवन निर्माणमा खर्च गरिने बताइएको छ। यस्तै दाताले त्यस क्षेत्रमा रहेका सात विद्यालयमा सफ्टवेयरको विकास गर्न विद्यालय निरीक्षक वासु लामिछानेलाई रु १ लाख प्रदान गरे।
शिक्षाप्रेमी समेत रहेका न्यौपानेले लामो समयदेखि धैबुङ, भोर्ले क्षेत्रका विद्यालयलाई शैक्षिक सामग्री वितरण गर्नाका साथै पक्की भवन समेत निर्माण गराएका छन्।रासस