PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

२४ घन्टामा १ लाख ३२ हजार जनाले उपत्यका छोडे



पहिलोपोस्ट

२४ घन्टामा १ लाख ३२ हजार जनाले उपत्यका छोडे

काठमाडौं : दसैं मनाउन घर जानेहरुका कारण उपत्यका रित्तिँदै गएको छ।
 
बाहिरिने मुख्य नाकाहरुबाट शुक्रबारदेखि शनिबार बिहानसम्म मात्र १ लाख ३२ हजार मानिसले उपत्यका छोडेका छन्। हिजोआज दैनिक १३ हजार सवारीसाधान राजधानीबाट बाहिरिने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकन्द्र मल्लले जानकारी दिए।
 
सबैभन्दा बढी यात्रु नागढुंगा नाकाबाट बाहिरिने गरेका छन्। बसको टिकट खुलेको असोज ७ गतेदेखि अहिलेसम्म १३ लाख मानिसले उपत्यका छोडेको मल्लले बताए।
 
यातायात व्यवसायीका अनुसार अहिले उपत्यकाबाट ४ हजार सार्वजनिक सवारी साधान बाहिरिने गरेका छन्। दसैं मनाउन घर जानेको संख्या बढेसँगै राजधानीमा चाप निकै घटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell