PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

'इट्स माई ड्रिम' लिएर आइन् ६ वर्षीया गायिका लोप्साङ



पहिलोपोस्ट

'इट्स माई ड्रिम' लिएर आइन् ६ वर्षीया गायिका लोप्साङ

काठमाडौं : लोप्साङ छोडेन शेर्पाको पहिलो गीति एल्बम ‘इट्स माई ड्रिम' सार्वजनिक भएको छ। आफ्नो छैटौं जन्मोत्सवको अवसरमा एल्वम विमोचन गरिएको हो।
 
एल्बममा तीन गीत समावेश छन्। अडियो र भिडियोसहित तयार भएको एल्बममा  ‘भोलि मलाई’, ‘आमा’ र ‘मेरो लाली’ बोलका गीत छन्। तीन वटै गीतमा बुद्ध राईको संगीत छ। 'मेरो लाली' राईकै शब्दमा रहेको गीत हो। 'भोलि मलाई' भानुभक्त ढकाल र 'आमा' दावा के शेर्पाले लेखेका हुन्।
 
लोप्साङको एल्वमबाट संकलित रकमको २५ प्रतिशत अनाथ बालबालिकाको लागि खर्च गरिने उनको पिता पेम दोर्चे शेर्पाले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell