PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

​कुमारीको दर्शन गर्न सर्वसाधारणलाई खुला



पहिलोपोस्ट

काठमाडौँ : वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ।
 
प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ।
 
बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कुमारीघरमा रहेकी कुमारीको दर्शन गर्न सकिने कुमारीका सहयोगी एवम् इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।
 
सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको थियो।
 
सोमबार नवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell