PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

दसैंमा पिएर गाडी नचलाउनूस् है, २४सै घन्टा चेकिङ छ!



पहिलोपोस्ट

काठमाडौं : दसैंमा हुन सक्ने दुर्घटना न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चौबीसै घन्टा मापसे (मादक पदार्थ सेवन) चेकिङ गर्ने भएको छ।
 
दसैंको समयमा ट्राफिक कम हुने र मापसे चेकिङ नहुने ठानेर दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने पाइएकाले यस पटकबाट दिउँसै चेकिङ गर्न थालिएको महाशाखाका एसपी लोकेन्द्र मल्लले बताए। 'आज बिहानैदेखि हामीले चेकिङ सुरु गरिसकेका छौं,' उनले भने।
 
त्यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बाकेर तीव्र गतिमा सवारी चलाउने, यात्रुसँग बढी भाडा असुल्ने, मिटरमा जान नमान्ने ट्याक्सीलाई समेत कारबाही थालेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell