PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

यस्तो रह्यो यसपालको फूलपाती बढाई

यस्तो रह्यो यसपालको फूलपाती बढाई

पहिलोपोस्ट /पहिलोपोस्ट


  • समर्थ रञ्जित/पहिलोपोस्ट
काठमाडौं : फूलपातीको अवसरमा आज नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाई गरको छ। फूलपाती बढाईको अवलोक गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुखसहित मन्त्री, उच्च सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति थियो।

फूलपाती बढाईको अवसरमा नेपाली सेनाले विभिन्न कला, कवाज प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई सलामी अर्पण गरेको थियो। बढाई कार्यक्रममा नेपाली सेनाको विभिन्न टुकुटीले छिटो लहरे बढाई, एकट्ठा बढाई, एकसाथ बढाई र आफूखुस बढाई गरेका थिए। त्यस्तै १५ तोपको लहरे र ५ तोपको एकट्ठा र नै तोपको लहरे बढाई समेत गरिएको थियो। सेनाले हरेका वर्ष फूलपातीका दिन बढाइ गर्दै आएको छ। बढाई हेर्ने सर्वसाधरणको भिड लाग्ने गरेको छ।

 


ट्रेन्डिङ पोस्ट

Ncell