
बलिउड स्टार सलमान खान बिग बोस सिजन १० लिएर आउँदैछन्। बलिउड यसले अलिकति गर्मिएको छ तर तातेको छ अर्कै टेलिभिजन कार्यक्रमले। बिग बोस सिजन १० सँगै सलमानको नयाँ कार्यक्रमको खबराले बलिउडका मिडियालाई विछट्टै तताएको छ।
सलमानले प्रेमिका लुलिया वंतुरले संचालन गर्दै आएको रोमनियन कार्यक्रम द फार्मको इन्डियन भर्सन संचालनमा ल्याउने भएका हुन्। सलमानको आफ्नै फार्म हाउस छ। जनावर र कृषी मोहलाई ध्यानमा राख्दै उनले कलर्स टेलिभिजनका सिइओ राज नायकलाई द फार्म प्रस्तुत गर्नका लागि आग्रह गरेको टाइम्स अफ इन्डियामा जनाइएको छ।
चर्चित भारतीय टेलिभिजन सो बिग बोसका सन् २००६ देखिका प्रस्तोता सलमानको यो अर्को टेलिभिजन सो हुनेछ। विभिन्न क्षेत्रका सेलिब्रेटी ल्याएर एउटै घरमा राख्ने र प्रतिस्पर्धा गराउने टेलिभिजन कार्यक्रम भारत भित्र र बाहिरका दर्शक आकर्षित गर्न सफल भएको छ। यो पनि बिग ब्रदरको भारतीय नक्कल हो।