PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सलमान अग्रिम कर तिर्नेमा पनि नम्बर १



पहिलोपोस्ट

सलमान अग्रिम कर तिर्नेमा पनि नम्बर १

काठमाडौं : खिलाडी अक्षय कुमार र चकलेटी हृतीक रोशनलाई पछि पार्दै बलिउडका सुपरस्टार सलमान खान यस आर्थिक वर्षको अग्रिम कर धेरै बुझाउने कलाकारको पहिलो स्थानमा उक्लेका छन्।

५० वर्ष उमेरका सलमान खानले यस वर्ष १६ करोड रुपैयाँ अग्रिम कर बुझाएका छन्। अक्षयले यसमा ११ करोड तिरेका छन्। उनले अघिल्लो वर्ष १८ करोड तिरेका थिए। हृतीकले तिरेका छन् १० करोड। उनले अघिल्लो वर्ष सबैभन्दा बढी रकम कर तिर्ने शीर्ष १० को सूचीमा आफूलाई पारे पनि यसपाला कतै देखिएनन्।

रकस्टार हिरो रणवीर कपुरले ७.८ करोड बुझाएका छन् सेप्टेम्बर २०१६ सम्मका लागि। उनले अघिल्लो वर्ष ४ करोड कर तिरेका थिए।
धेरै कर तिर्नेमध्येका ऐश्वर्या राय बचन, अमिताव बचन र शाहरुख खानबारे अझै कर विभागले खुलासा गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell