काठमाडौं : काठमाडौं महानगरपालिका–१९ टंकेश्वरीस्थित कामना समुहको नेपाल समाचारपत्रको प्रिन्टिङ प्रेसमा ग्यास चुहिएर शुक्रबार साँझ आगलागी हुँदा प्रिन्टिङ मेसिन र कागज जलेर करिब ४ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीयवासी र ३ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।