PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

मंसिरमा थपिँदै २५ मेगावाट विजुली



पहिलोपोस्ट

मंसिरमा थपिँदै २५ मेगावाट विजुली

पोखरा : कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ ।
 
मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश काम सकिएकाले परीक्षण उत्पादनको अन्तिम तयारीमा लागेको  आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए ।
 
आयोजनाको  चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ  गर्ने काम पनि सकिएको छ ।विद्युत् लाइनलाई लेखनाथ नगरपालिकास्थित सवस्टेसनसम्म जोड्नका लागि ३२ वटा विद्युत् टावर निर्माण गरिसकिएको र त्यसमा तार तान्ने काम पनि सम्पन्न भएको छ ।टावरमुनि पर्ने जङ्गलमा रहेका रुख काट्न वन तथा भू–संरक्षण विभागबाट स्वीकृत आइसकेको र कात्तिक १५ गतेसम्म ती रुख पनि काटिसक्ने बताइएको छ ।
 
आयोजनाले परीक्षण उत्पादन गरेपछि त्यसमा केही कमी कमजोरी भए एक महिनाभित्र सुधार गर्ने र मङ्सिर महिनाको अन्तिमतिरबाट नियमित उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने को–अर्डिनेटर बरालले बताए ।
 
करिब  पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, विनोशकारी भूकम्प र सुरुङ खन्ने क्रममा पहिरो गएकाले  लागत बढेर आठ अर्ब पुग्न गएको बताइएको छ ।
 
कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको  २०   प्रतिशत र  चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा विसं २०६९ को पुस महिनाबाट आयोजना सुरु गरिएको थियो ।आयोजना सुरु भएको ३० महिनामा सक्ने लक्ष्य राखिए पनि विविध कारणले ४८ महिनामा आयोजना सकिन लागेको बताइएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell