PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

प्रहरीको गाडी चढ्ने? यी यी हुन् रुट



पहिलोपोस्ट

काठमाडौँ : सार्वजनिक सवारीको अभाव भोगिरहेका लागि नेपाल प्रहरीले काठमाडौंका ३ रुटमा बस सुरु गरेको छ। निशुल्क उपलब्ध हुने यो सेवा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म लिन सकिने नेपाल प्रहरीले जनाएको छ। दसैंका लागिमात्र यो सुविधा उपलब्ध गराइएको हो। 

उक्त सेवाअन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्नेछ। 

यसैगरी, दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्नेछ। 

साथै, तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्ने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell