PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

मकवानपुरमा दुइटा बस जुधे : ४३ जना घाइते, दुईको अवस्था गम्भीर



सविन ढकाल

काठमाडौं : मकवानपुरस्थित मनहरी गाविसमा आज बिहानै यात्रुबाहक बस दुर्घटना भएको छ।
 
काठमाडौबाट सर्लाहीतर्फ गईरहेको ना ५ ख ४०९६ नम्बरको बस र विराटनगरबाट काठमाडौं आइरहेको ना ४ ख ४३४३ नम्बरको बस जुध्दा उक्त दुर्घटना भएको हो।
 
दुर्घटनमा दुई यात्रु गम्भीर घाइते भएका छन् भने ४१ यात्रु सामान्य घाइते छन्। घाइतेमध्ये २४ जनाको भरतपुर अस्पतालमा र १७ जनाको मनहरीको प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी केपी खत्रीले पहिलोपोस्टलाई  जानकारी दिए। उनले भने, 'प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेका केही यात्रु उपचारपछि घर फर्किसकेका छन्।'
 
घटनाबारे बिहान ३ बजेर ५५ मिनेट जाँदा प्रहरीले खबर पाएको थियो। लगतै घटनास्थल पुगेर घाइतेको उद्धारमा जुटेको खत्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell