काठमाडौं : नेपाल तामाङ घेदुङ इजरायलले कतारमा मृत्यु भएका मानबहादुर तामाङको परिवारलाई आर्थिक सहयोग गरेको छ।
काडमाडौंमा आयोजित कार्यक्रमका बीच नेपाल तामाङ घेदुङ इजरायलकी द्वितीय उपाध्यक्ष अनिता तामाङले मृतक मानबहादुरको परिवारलाई एक लाख ८८० रुपैयाँ नगद सहयोग गरेकी हुन्। मृतक तामाङको परिवारलाई घेदुङका वरिष्ठ उपाध्यक्ष बेली लामा र महासचिव बाबु घिसिङमार्फत सहयोग गरिएको हो।
नुवाकोट काउले-१ घर भएका मानबहादुर तामाङको वैदेशिक रोजगारमा रहेको बेला कतारमा मृत्यु भएको थियो। उनमै आश्रित श्रीमती र चार छोराछोरीको अवस्था दयनीय भएकाले सहयोगको लागि इजरायलमा रहेका नेपालीहरुले रकम संकलन गरेका थिए।