PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चंगा चेट... उमंगको उडान

चंगा चेट... उमंगको उडान

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : बर्खा सिद्धिएको, मौसम उघ्रिएको। न जाडो न गर्मी। घमाइलो बिहानीसँगै दसैंको आगमन भइसकेको छ। गाउँघरमा रोटेपिङ, लिंगेपिङ लागिसकेका छन्। सहरबजारमा किनमेलको भिडभाड छँदैछ। टोलटोलमा बालबालिकाहरु भेला भएर चंगा उडाउन थालिसकेका छन्।
 
चंगाले बेग्ले उमंग बोकेर आउँछ। हुन त अरु बेला पनि चंगा उडिइरहन्छन् तर दसैंको घटस्थापनादेखि नै विशेषगरी बालबालिकाहरु चंगाको उडानसँगै आफ्न खुसीहरु छर्न चाहन्छन्। दसैं र चंगाको बेग्लै अर्थ छ।
 
विविध रंगमा उडेका चंगा देख्दा लाग्छ- उनीहरुको खुसी पनि इन्द्रेणी जस्तै मुस्कुराइरहेको छ।
 
हातमा लट्टाई बोकेर आकाशको असीमित दुरीसम्म चंगा पुर्‍याउन उनीहरु आतुर हुन्छन्। एकापसमा प्रतिस्पर्धा गरेर उडिरहेका चंगा जुधाएर 'चेट' बनाउँदा भने उनीहरुको खुसी दोब्बर हुन पुग्छ।
 
उनीहरु रमाएको देख्दा दाजुदिदी, बुवाआमा वा हजुरबा-हजुरआमाको मन पनि साँच्चिकै चंगा भएको हुँदो हो। त्यही भएर हुन सक्छ, कोही त उत्साहित हुँदै उनीहरुसँगै रमाउन पुगिहाल्छन्।


ट्रेन्डिङ पोस्ट

Ncell