PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

आइसिसी महिला विश्वकप क्रिकेट क्वालिफायरमा नेपाल आज हङकङसँग भिड्दै



पहिलोपोस्ट

आइसिसी महिला विश्वकप क्रिकेट क्वालिफायरमा नेपाल आज हङकङसँग भिड्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टिम अर्को वर्ष हुन लागेको आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोट खेलमा आज आयोजक हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली समयअनुसार आज दिउँसो पौने १२ बजे हङकङकको मोङकोकमा नेपालले हङकङको सामना गर्नेछ। एसिया छनोटमा आयोजक हङकङसँगै नेपालको महिला टिमले चीन र थाइल्याण्ड राउण्ड रोविनका आधारमा प्रतिपर्धा गर्नेछ।
 
एसियाली छनोटको शीर्षमा रहे नेपालले ग्लोबल छनोटमा भाग लिन पाउनेछ। ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्न सके नेपाल अर्को वर्ष इंग्ल्यान्डमा हुने महिला विश्वकपमा छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell