PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

यस्तो छ सभामुख ओनसरीको दशैं अनुभव



मनोज सत्याल

यस्तो छ सभामुख ओनसरीको दशैं अनुभव

काठमाडौँ : सभामुख ओनसरी घर्तीलाई दशैं घर भित्रको पर्व लाग्छ। तर उनको परिवारमा दशैं मनाएको भने उनलाई खासै याद छैन।
'यसो हेर्दा दशैं घर भित्रको पर्व रहेछ। परिवारसँग बस्ने, खाने, आशिर्वाद लिने, अनि तिहार घर बाहिरको पर्व रहेछ। साथी भाई भेला हुने, बत्ति बाल्ने, देउसी खेल्ने', उनले सुनाइन्।

तर घर्तीलाई आफ्नो बाल्यकालको दशैंबारे एउटा याद छ - गाउँमा १५ दिनसम्म हुने मार।'

टीका लगाउने र आशिर्वाद थाप्ने चलन नयाँ पुस्तामा भए पनि घर्तीको पुस्ताले त्यो खासै मनाउन पाएन। घर्ती भन्छिन् – 'हाम्रो गाउँका बुढाबुढी अझै पनि दशैं मनाउँदैनन्।'

तर उनी विस्तारै देखासिखीमा नयाँ पुस्ताले दशैं मनाउन थालेको बताउँछिन्।

देश हिन्दु राष्ट्र घोषित भएकाले उनलाई आफ्नो गाउँमा दशैं मनाउन थालिएको लाग्छ। उनको रोल्पाको घर गाउँमा अझै दशैं भन्दा कुल पुजाले प्राथमिकता पाउने गर्छ।

'कुल पुजा साउन र माघमा हुन्छ, त्यस्तोमा विदेशमा बस्नेहरु अनि टाढा टाढा गएकाहरु पनि आउँछन्', घर्ती चाडपर्वबारे आफ्नो अनुभव सुनाउँछिन्, 'यस्तोमा छोरीहरुलाइ पुज्ने चलन हुन्छ। अझ काम पनि लगाउन पाइन्न।'

घर्ती अहिले सभामुख पदमा आसिन छिन्। उनी भन्छिन् – दशैं जस्ता पर्व नेपालका लागि राजनीतिक सहमतिको वातावरण बनाउन सहयोगी छन्।

'पटक पटक दलहरु मिलेका छन्। चियापानमा एक भएका छन्', त्यसैले उनी सबैलाइ दशैंको शुभकामना दिन्छन्। उनी कामना गर्छिन् – 'चाडपर्वको बेला दलहरु एक हुने वातावरण बनोस्।'

घर्तीले भनेजस्तै नेपालका राजनीतिक दलहरुले दशैं, तिहार र छठ जस्ता पर्वको अवसरमा चियापान आयोजना गर्ने गरेका छन्। यद्यपि सभापति नै मृत्यु भएकाले कांग्रसले यसवर्ष चियापान नगर्ने भएको छ।

नेकपा एमालेले आउँदो २९ गते चियापान गर्दैछ। नेकपा माओवादी केन्द्रले पनि नेपाल वर्षको उपलक्ष्यमा चियापानको तयारी गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell