PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

​मुसलमान समुदायबाट दसैँको शुभकामना



पहिलोपोस्ट

नवलपरासी : यहाँको मुसलमान समुदायले  दसैँका अवसरमा  शुभकामना आदानप्रदान गरेको छ।

कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा  भएको कार्यक्रममा बडादसैँ, तिहार र छठका अवसरमा  शुभकामना आदानप्रदान गरेको हो। कार्यक्रममा प्रहरी निरीक्षक हरिप्रसाद बिसी, पिस सेन्टरका महासचिव  जौन उदिन मियाँ लगायत यस क्षेत्रमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको सहभागिता थियो।

सो अवसरमा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य नन्दप्रसाद अर्यालले मुसलमान समुदायले समेत दसैँमा देखाएको चासोप्रति खुसी व्यक्त गर्दै यसबाट सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताए।  रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell