PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​घरबाट हराएको सातापछि भेटियो रामसिंहको शव



पहिलोपोस्ट

कञ्चनपुर : घरबाट हराएको एक सातापछि कञ्चनपुरको बेलौरी नगरपालिका–१३ सडक घाटका ३२ वर्षीय रामसिंह चौधरीको शव प्रहरीले फेला पारेको छ।
 
घरबाट असोज १६ गते हराएका चौधरीको शव शनिबार साँझ सडक घाटमै फेला परेको बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। शव सडेको अवस्थामा भेटिएको हो।
 
छोरालाई विद्यालयबाट घर पुर्‍याएर चौधरी खेतमा धानका मुठा बाँध्न भनी हिँडेपछि बेपत्ता भएका थिए। प्रहरीले चौधरीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell