PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​पत्नी हत्या गरेको भन्दै पति पक्राउ



पहिलोपोस्ट

बैतडी : मेलौलीमा पत्नीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन्।
 
विजयकी पत्नी कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। कमलाको माइती पक्षले आत्महत्या नभई पतिले कुटपिट गरी हत्या गरेको भनेर उजुरी दिएपछि प्रहरीले विजयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए। कमलाको शव परीक्षणपछि दाहसंस्कार गरिसकिएको बताइएको छ।
 
कमलाले आत्महत्या गरेको हो वा पतिले हत्या गरेको हो भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell