PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

पर्वतमा पनि पतिमाथि पत्नी हत्याको आरोप



पहिलोपोस्ट

फलेवास : पर्वतको दक्षिणमा पर्ने बर्राचौर गाविसकी एक महिलालाई उनका पतिले हत्या गरेको आरोप लगाइएको छ। बर्राचौर–८ पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका पति देवहादुरले शुक्रबार राति हत्या गरेको बताइएको छ।
      
घटनापछि देवहादुर र उनका बाबु जालेलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।   शवपरीक्षणका लागि छिमेकी स्याङ्जा जिल्लाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शेखर खनालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell