PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

​१५ सेकेन्ड चार्जले दुई किलोमिटर गुड्ने इलेक्ट्रिक बसले रिप्लेस गर्दै डिजेल गाडी



पहिलोपोस्ट

आउँदो वर्ष जेनेभामा नयाँ सार्वजनिक बस चल्न लागेको छ। विजुलीबाट चल्ने यो बस केवल १५ सकेन्ड चार्ज गर्दा दुई किलोमिटर गुड्नेछ। पाँच मिनेटमा फुल चार्ज नै हुने जनाइएको छ।
 
यो बसले वायु प्रदुषण त कम गर्छ नै नेपाल जस्तो पेट्रोलियम आयातमा निर्भर देशलाई ठूलो वित्तीय राहत समेत दिनसक्छ। शहरी सार्वजनिक यातायातको तश्विरनै यो बसले बदल्दिने अपेक्षा गरिएको छ।

टर्मिनलमा रोकिएको 'टोसा'
जेनेभाका पब्लिक ट्रान्सपोर्टसँग सम्बन्धित केही संस्थाले मिलेर यो प्रोजेक्ट सुरु गरेका थिए। यो बस सिस्टमलाई 'टोसा' नाम दिइएको छ। झट्ट हेर्दा नै यो बस बिजुलीबाट चल्ने भनेर चिन्न सकिने गरी डिजाइन गरिएको छ।
 टर्मिनलमा चार देखि पाँच मिनेट चार्ज गरेपछि बस फुल चार्ज हुनेछ। त्यसपछि आरामले ४० किलोमिटर भन्दा बढी गुड्न सक्छ। चार्ज सकिए पछि टर्मिनलमा यात्रु कुर्दा कुर्दै बस फुलचार्ज भइ सक्नेछ।
सन् २०१७ मा जेनेभाका सबै दुई सय २९ रुटमा यो बिद्युतीय बसले पुरानो डिजेल बसलाई रिप्लेस गर्नेछ। त्यसपछि जेनेभामा बार्षिक एक हजार टन कार्बनडाइ अक्साइड उत्सर्जन कम हुने अनुमान गरिएको छ।

टर्मिनलमा चार्ज गर्दै 'टोसा'
भारतमा समेत यो बसलाई लिएर ठूलो चासो उठेको छ। इन्डियन इन्टिच्युट अफ साइन्सका अनुसार एक डिजल बसलाई इलेक्ट्रिक बसले रिप्लेस गर्दा वर्षमा २५ टन कार्वनडाइअक्साइड उत्सर्जन कम गर्न सकिन्छ।
 
भारतमा रहेका एक लाख ५० हजार डिजेल बस इलक्ट्रिक बसले रिप्लेस हुँदा ३७ करोड टन कार्वनडाइअक्साइड उत्सर्जन कम हुने जनाइएको छ। यसो भएमा भारत मात्र होइन छिमेकी देशलाई पनि राहत हुनेछ।
 
नेपालमा डिजेल बसले बढाएको वायु प्रदुषण बारे ठोस अध्ययन नभएपनि मुख्य शहरमा इलेक्ट्रिक बस गुडाउन सके वातावरण प्रदुषण र नगर सुन्दरतामा नयाँ आयाम थपिनेमा दुई मत छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell