PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यो रक्सी जुन नेपालमा ५ लाखमा बिक्री हुन्छ!



अमर बडुवाल

यो रक्सी जुन नेपालमा ५ लाखमा बिक्री हुन्छ!

काठमाडौं : नेपालमा ब्राण्डेड रक्सी सबै आयात गरिन्छ। मदिरा उत्पादनमा विश्व प्रसिद्ध फ्रान्स, बेलायत र स्कटल्याण्डका रक्सी नेपालीका लागि पनि प्रिय छन्।
 
नेपालका रक्सी डिलरहरुमा १०० रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्मका ब्राण्डेड रक्सी पाईन्छन्। नेपालीहरुको रोजाई भने ५ हजार देखि १० हजार सम्मका ब्राण्डेड रक्सी पर्ने दरबारमार्ग स्थित ग्रिनलाइनको डिलरका एक कर्मचारीले बताए।
 
ग्रिनलाइनमा उपलब्ध महँगा रक्सी निम्न छन्
 

क्याम्यु ५.५

 
 
फ्रान्समा बनेको यो रक्सी नेपालमा आएको ५ वर्ष भयो। क्रोनाक को उत्पादन क्याम्युको मुल्य ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँ तोकिएको छ।
 

मार्टिन लुइस

 
 
नेपालमा ५ वर्ष अघिनै भित्रिएको लुईस, वर्षेनी ३ वटा सम्म बिक्रि हुन्छ। नेपालमा यसको मुल्य ३ लाख ८८ हजार ८ सय ४० रुपैयाँ तोकिएको छ। यो पनि फ्रान्सको क्रोनाकै उत्पादन हो।
 

आइला स्काई

 
 
नेपालमा पाईने विदेशी रक्सी आईला स्काई स्कटल्याण्डबाट आयात गरिन्छ। १ लाख ५० हजार रुपैयाँ मुल्य रहेको यो रक्सी भने महँगो मध्ये धरै विक्रि हुने रक्सी हो।
 

धेरै बिक्नेमा स्कच

 
 
स्कटल्याण्डबाट आउने विभिन्न ह्विस्की र ब्राण्डी नेपालमा धेरै बिक्रि हुने रक्सी भएको ग्रिनलाईनले जनाएको छ। स्कचको ह्विस्की नेपाल मात्र होइन विश्वभरनै चर्चित र लोकप्रिय छ। नेपालमा रक्सीमा चर्को भन्सार र अन्तशुल्क तोकिएको हुँदा विदेशको तुलनमा धेरै महङ्गो पर्ने गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी करिव २ अर्ब बराबरको विदेशी रक्सी आयात गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell