PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

दिल्ली एयरपोर्टको तनाव सकियो, उडान यथावत सुरु



पहिलोपोस्ट

दिल्ली एयरपोर्टको तनाव सकियो, उडान यथावत सुरु

रेडियोएक्टिभ पदार्थ चुहिएपछि आतंकित बनेको दिल्ली विमानस्थलको तनाव घटेको छ। एयर फ्रान्सको एयरक्राफ्टबाट ल्याइएको औषधिका सामग्रीबाट यस्तो चुहावट भएको थियो जुन तोकिएको लेबलभन्दा बढी नभएको अनुसन्धानबाट खुलेको छ। विमानस्थल अधिकारीले सबै ठीक रहेको जनाउ दिएपछि बन्द भएका विमान सेवा सुचारु भएका छन्।

अनुसन्धानकर्ताका अनुसार जे भनेर शंका गरिएको थियो चुहिएको पदार्थ त्यो तहको खतरनाक नरहेको फेला परेको हो। बिहान यस्तो पदार्थ चुहिएको सार्वजनिक भएलगत्तै विमान सेवा ठप्प पारेर अनुसन्धान थालिएको थियो।

पाकिस्तान र भारतीय सैनिकबीच सीमामा जारी तनावका कारण भारतले विमानस्थल, रेल वे स्टेसन लगायतका सार्वजनिक ठाउँमा सुरक्षा संवेदनशील भएको भन्दै निगरानी बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell