PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

किन बलि दिनु सहि हो? पण्डितका यस्ता छन् तर्क



पहिलोपोस्ट

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय रहेको बताएका छन्।
 
रिपोर्टर्स क्लबमा बोल्दै प्रा डा गौतमले पशु बलि दिनु शास्त्रीय विधि नै रहेको जनाउँदै शास्त्रमै उल्लेख भएकाले पशु बलि रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने दाबी गरे।
 
दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्ने भएकाले दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलिप्रथाको सुरुवात भएको डा गौतमको भनाइ थियो।
     
बलिप्रथाको विरोधमा अभियान चलाइरहेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले शास्त्रले बलिप्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको तर्क गरे। सदस्य सचिव टन्डनले राणा र राजाको दरबारमा बलिप्रथाको साक्षी बसेकाले बलिलाई शास्त्रसम्मत् भनी व्याख्या गरिएको टिप्पणी गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell