PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

साह्रै सुनसान राजधानी



पहिलोपोस्ट

काठमाडौँ : दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ।
 
उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन्। सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ। पर्याप्त सवारी नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन्।
 
कतारबाट दसैँका लागि घर फर्केका चितवनका विश्वास केसीले काठमाडौँका विभिन्न स्थानमा आवतजावत गर्न समस्या परेको बताए।
 
अनामनगरमा ट्याक्सीको पर्खाइमा रहेका उहाँले दुई घन्टासम्म पनि सवारी साधन नपाएको गुनासो पोखे।
 
उपत्यका छोड्ने सर्वसाधारणभन्दा पनि विभिन्न बाध्यतामा राजधानीमा रहेका सर्वसाधारणलाई दसैँका बेला सवारी साधन, अत्यावश्यक खाद्य पदार्थ तरकारी आदि सामान किन्न र गन्तव्यमा पुग्न समस्या भएको छ ।
 
उपत्यकामा यात्रुको सुविधालाई मध्यनजर गरी नेपाल प्रहरी र नेपाली सेनाले विभिन्न रुटमा गाडी सञ्चालन गरिरहेको भएपनि धेरै यात्रु उक्त सेवाको पहुँचमा  नभएको बुझिएको छ ।
 
अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि आवतजावतमा असहज भएको मध्यबानेश्वरका सन्दीप थापाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell