PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी सडक खण्ड अवरुद्ध



पहिलोपोस्ट

पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी सडक खण्ड अवरुद्ध

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरनी सडक खण्डमा गएको पहिरोका कारण आज बिहानदेखि नै यातायात अवरुद्ध बनेको छ।
 
आँबुखैरनीको ऐनाभीरमा गएको पहिरोको कारण सो रुट भएर चल्ने सवारीसाधन प्रभावित बनेका हुन्। दसैं मनाउन घर फर्केकाहरु पहिरोको कारण बिचल्लीमा परेका छन्। पहिरो गएको स्थानमा अहिले नेपाल प्रहरी, सशस्त्र र स्थानीयको पहलमा बाटो खुलाउने प्रयास भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पहिरोको कारण सयौं यात्रु अलपत्र बनेका छन्। (रासस फाइल फोटो )



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell