काठमाडौं : ट्राफिक प्रहरीले सञ्चालन गरेको चौबीसै घन्टा मापसे चेकिङको दुई दिनमा १ सय ७६ जना कारबाहीमा परेका छन्।
मापसे चेकिङका क्रममा आइतबार अर्थात् महाअष्टमीका दिन ९३ जनालाई कारबाही गरिएको हो। सप्तमीको दिनभन्दा अष्टमीमा मापसेको कारबाहीमा पर्नेको संख्या १० जनाले बढेको हो। सप्तमी अर्थात् गत शनिबार ट्राफिकले ८३ जनालाई मापसे अन्तर्गत कारबाही गरेको हो।
ट्राफिक प्रहरी महाशाखाका एसपी लोकन्द्र मल्लका अनुसार दसैं अवधिभर चौबीसै घन्टा मापसे चेकिङ गरिनेछ।
दसैंमा हुन सक्ने सवारी दुर्घटनालाई न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत शनिबारबाट चौबिसै घन्टा मापसे चेकिङ गरिरहेको छ।