PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

मौलो पूजाका अवसरमा महानिरीक्षकद्वारा दुई प्रहरी पुरस्कृत



पहिलोपोस्ट

काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडादसैं कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना गरेका छन्।

महानिरीक्षक अर्यालले मौलोमा पूजा विसर्जनका लागि कुभिण्डो तथा बलिपूजाबाट मौलो पूजा, सङकल्प पूजाअर्चना र निशानमा पञ्जाछाप लगाएका थिए। उनले सो अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार टंकनाथ गिरीलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे।
 
उक्तो मौलो पूजामा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको उक्त मौलो पूजामा प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell