PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

दसैंमा के खाने के नखाने? यस्ता छन् चिकित्सकले दिएका ५ टिप्स



पहिलोपोस्ट

दसैंमा के खाने के नखाने? यस्ता छन् चिकित्सकले दिएका ५ टिप्स

काठमाडौं : दसैंको बेला खानपानमा सन्तुलन नहुँदा धैरै मानिस बिरामी हुने गरेका छन्। चिल्लो र पिरो मासु बढी खाने र शरीरमा व्यायाम कम हुँदा शरीरमा समस्या आउने गरेको छ। दसैंमा मासु बढी खाइने र सक्रिय काममा व्यस्त नहुने हुँदा समस्या आउने गरेको चिकित्कसहरु बताउँछन्।
 
दसैंमा कसरी शरीरलाई स्वस्थ राख्ने त?

यस्ता छन्, चिकित्सकका ५ टिप्स
१.
दसैंमा धेरैजसोले मासुका परिकार खाने गर्दछन्। मासुमा पनि रातो मासु धेरैको रोजाइ हो। रातोभन्दा पनि सेतो मासुमा जोड दिने। रातो मासुले शरीरमा विकराल समस्या निम्त्याउने हुँदा मधुमेह, पेट तथा आन्द्रामा क्यान्सर लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ।
 
२. चाडपर्वमा चिल्लो खानेकुरा बढी खाने चलन भएकाले सकेसम्म चिल्लो, पिरो र नुनलाई कम गर्नुपर्छ। खानेकुरामा घिउ, चिनीको मात्रा पनि घटाउनुपर्छ।
 
३. दसैंमा मासुजन्य खानाहरु कम गर्नुपर्छ र दूधजन्य परिकारको सेवनमा जोड दिने। खाना खाएको केही समयपछि तातोपानी सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन्।

४. दसैंको समयमा हिँडडुल कम हुने र घर वा कोठामै मात्र बस्दा शरीरमा असर पर्छ। चाडबाडका बेलामा बिहान-बेलुका हल्का शारीरिक व्यायाम गर्नुपर्छ।
 
५. भरसक मासु सेवन गर्दै नगर्न पनि चिकित्सकले अनुरोध गरेका छन्। मासुको पारखीले सकेसम्म कुखुरा र माछा सेवन गर्दा उपयुक्त हुन्छ। हरियो सागपात, फलफूल लगायतका खानेकुरामा बढी ध्यान दिनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell