PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​रक्सी पसलमा आगलागी हुँदा रु पन्ध्र लाख क्षति



पहिलोपोस्ट

इनरुवा : सुनसरी सदरमुकाम इनरुवा–५ महेन्द्रचोकमा आइतबार मध्यराति भीषण आगलागी आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ।
 
स्थानीयवासी सीताराम पाठकको दन्तकाली सप्लायर्स अर्थात् रक्सीको थोक पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आगलागीमा को१२प २८५६ नंको पल्सर मोटरसाइकल सहित विभिन्न ब्रान्डका रक्सी, बियर, रेडबुल लगायत सामग्री पूर्ण रुपले जलेर नष्ट भएको छ।
 
आगलागी स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो। कसैले व्यक्तिगत रिसइबी साध्न बाहिरबाट पेट्रोल छर्केर आगो लगाएको पीडित पक्षको आरोप छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell