PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

कन्ट्र्याक्ट थियरीमा योगदान दिएवापत हर्ट र हमस्टर्मलाई नोबेल पुरस्कार



पहिलोपोस्ट

कन्ट्र्याक्ट थियरीमा योगदान दिएवापत हर्ट र हमस्टर्मलाई नोबेल पुरस्कार

अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार ओलिभर हर्ट र बेङगट हमस्टर्मले  संयुक्तरुपमा जितेका छन्।

उनीहरुलाई कन्ट्र्याक्ट थियरीमा योगदान पुर्‍याएवापत २०१६ को नोबल पुरस्कारले सम्मान गरिएको हो। 

ओलिभर हर्ट सन् १९४८ मा लन्डनमा जन्मिएका थिए। सन् ७४ मा प्रिन्सटन युनिभर्सिटी अमेरिकाबाट पिएचडी गरेका उनी हार्वड युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक हुन्।

बेङगट हमस्टर्म भने सन् १९४९ मा हेलसिन्कीमा जन्मिएका हुन्। उनले स्ट्यानफर्ड युनिभर्सिटीबाट सन् १९७८ मा पिएचडी गरेका हुन्। उनी अमेरिकाको एमआइटीमा अध्ययापन गर्ने प्राध्यापक हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell