PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

केडिया अपहरण गर्ने दिलशादको इनकाउन्टरबारे प्रहरीको ब्रिफिङ



राधेश्याम पटेल

केडिया अपहरण गर्ने दिलशादको इनकाउन्टरबारे प्रहरीको ब्रिफिङ

वीरगन्ज : पर्सा प्रहरीले हिजो राति इन्काउन्टरमा मारिएका अपराधीबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनीबारे प्रहरीले ब्रिफिङ गरेको हो।

मारिएका केडिया अपहरणमा संलग्न रहेको प्रहरीको दावी छ।

उनी भारतको विहार राज्यको समस्तीपुर, जोगबेहरा–५ स्थायी घर भएका व्यक्ति हुन्। वीरगन्जको सीमावर्ती सहर रक्सौलमा बस्दै आएका ३८ वर्षिय दिलशाद अहमदलाई कतिपयले दिलशाद आलम नामले पनि चिन्ने गरेको प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले च्याम्बरमा लोडेड गोली सहित एक थान कटुवा पेस्तोल, गोजीमा राखिएको थप तीन गोली, भारतीय रुपैयाँ २३०, नेपाली रुपैयाँ १४० पनि बरामद गरेको छ। साथै, प्रहरीले कालो रंगको पर्स, दिलशाद परिचय खुलाउने भारतीय अधार कार्ड, नेपाल–भारत सीमावर्ती सहरमा बसेको होटलहरुको भिजिटिङ कार्डलगायत बरामद गरेको जनाएको छ।

आइतबार ८ बजे वीरगन्ज–१८ शिरोमणि टोल चोक नजिक चेकजाँचको क्रममा जवाफी फायरिङमा उनको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठले जनाए।

‘एउटा भारतीय नम्बरको मोटरसाइकलमा दिलशाद पछाडि बसेर वीरगन्ज बसपार्क तर्फ हेडलाइट बाली आउँदै गरेका थिए, प्रहरीले रोक्न खोज्दा बन्दुक निकाली प्रहरीमाथि गोली प्रहार गर्न खोजे। त्यसपछि प्रहरीले चलाएको गोलीले उनको मृत्यु भएको हो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने।

नम्बर नखुलेको मोटसाइकलको चालक र मोटरसाइकल प्रहरीले हिजो रातिदेखि खोज्दै छ। मृतकको टाउकोमा एउटा गोली लागेको छ। उनको शव हाल पोस्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell