PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

दसैंमा घर सुरक्षित राख्न प्रहरीको टिप्स



पहिलोपोस्ट

काठमाडौं : घर/डेरा छोडेर दसैं मनाउन आफन्तकहाँ वा टाढाको घर जाँदै हुनुहुन्छ भने केही सावधानी अवश्य अपनाउनुपर्नेछ। के हुन् ती सावधानी जसले तपाईंको घर सुरक्षित राख्छ र चोरी हुन दिँदैन। यसबारे प्रहरीका ५ टिप्स यस्ता छन्-

१. घर तथा कोठा छोडेर गाउँ जाँदै हुनुहुन्छ भने नजिकैको सामुदायिक प्रहरी, प्रहरी बिटमा जानकारी दिएर मात्र जानुहोला।

२. घर र कोठामा ताल्चा मारेर जाँदै हुनुहुन्छ भने छिमेकीलाई आफ्नो घरको बेलाबेला रेखदेख गर्न आग्रह गर्नुहोला।

३. गाउँ, टोल, घर नजिकै अपरिचित, शंकास्पद व्यक्ति देख्नुभयो भने तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्नुहोला।

४. घरमा घरपालुका कुकुर भए त्यसलाई एक्टिभ राख्नुहोला।

५. घरको ढोकामा बलियो ताल्चा बा साइरन जडित यन्त्र जडान गरेर मात्र जानुहोला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell