PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

दसैंमा झरी पर्ने त होइन? के भन्छन मौसमविद्?



पहिलोपोस्ट

काठमाडौं : देशभर मनसुनको समय सकिए पनि विभिन्न ठाउँमा वर्षा भइरहेको छ।
 
उपत्यकामा आइतबार दिउँसो र सोमबार बिहान फाट्टफुट्ट पनि वर्षा भयो। रमाइलो र घमाइलो दसैं मनाउनेहरुलाई भने चिन्ता छ- कतै टीकापछिका दिन हिलेदसैं हुने त होइन?

जल तथा मौसम पूर्व अनुमान महाशाखाका अनुसार टीकाको दिन मंगलबार उपत्यका लगायत देशका विभिन्न भागमा फाट्टफुट्ट वर्षा हुने अनुमान छ। 'मौसम सफा हुँदै गए पनि मंगलबार छिटपुट वर्षा हुने देखिन्छ,' मौसमविद् वरुण पौडेलले भने।

विशेषगरी असोजको पहिलो साता नै मनसुन सकिनुपर्ने भए पनि पछिल्लो वर्ष केही लम्बिने गरेको छ। भारतको राजस्थानमा मनसुनको प्रभाव ढिलो गरी सकिएकाले नेपालमा पनि सोही असर परेको मौसमविद् पौडेल बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell