PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

शाहरुखले पाकिस्तानी हिरोइनको साथ नछाड्ने



पहिलोपोस्ट

शाहरुखले पाकिस्तानी हिरोइनको साथ नछाड्ने

शाहरुख खानको फिल्म रइस पूर्व घोषित मिति अर्थात् २०१७ जनवरी २६ मै रिलिज हुने भएको छ। साथै फिल्ममा हिरोइन माहिरा खान पनि हुनेछिन्। फिल्ममा माहिराको भूमिका हटाइएको व्यापक हल्ला भएपछि निर्देशक राहुल ढोलकियाले प्रस्टिकरण नै दिनुपरेको छ।

भारत पाकिस्तानबीच सम्बन्ध नराम्ररी चिसिएपछि भारतीय र पाकिस्तानी कलाकारका विषयमा पनि चर्को विवादहरु उत्पन्न भएका छन्।

एक अन्तर्वार्तामा ढोलकियाले फिल्ममा माहिराको भूमिका नकाटिएको बताए। उनले भने, 'शाहरुखसँग माहिराको एक गीत अझै सुटिङ हुनै बाँकी छ। गीत भारतमै या विदेशमा सुटिङ हुने भन्ने यकिन भइसकेको छैन।'

फिल्मका निर्माता रितेश सिधावनीले पनि फिल्मबारे चलेको हल्लालाई नपत्याउन भनेका छन्। 'रइस जनवरी २६ मै रिलिज हुन्छ। रिलिज मिति सर्दैन,' उनले भने।

राज ठाकरेको पार्टीले पाकिस्तानी हिरोइन माहिरालाई फिल्मबाट आउट नगरे फिल्म रिलिज हुन नदिने धम्की दिएकैबीच यस्तो सार्वजनिक भएको हो। धम्की लगत्तै फिल्मबाट उनको भूमिका डिलिज गरिएको खबरहरु ब्यापक भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell