PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

दुई दिनदेखि होटलमा बसेका २० वर्षीय युवक मृत भेटिए



पहिलोपोस्ट

वालिङ : स्याङ्जा सदरमुकामस्थित आले होटलमा आज बिहान एक युवक मृत अवस्थामा भेटिएको छ।
 
विगत दुई दिनदेखि सोही होटलमा बस्दै आएका अन्दाजी २० वर्षीय युवक मृत अवस्थामा भेटिएका हुन्।
 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मजदुर काम गर्दै आएका युवक राति खाना खाएर सुतेको र बिहान अबेरसम्म नउठेपछि होटल सञ्चालकले प्रहरीमा खबर गरेका थिए।
 
उनले ट्र्याक्टर तथा ट्रकमा मजदुरी गर्दै आएको बताइएको छ। शवको सनाखत हुन सकेको छैन । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell