PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

​टीकाको उत्तम साइत बिहान ८:४५ बजे



पहिलोपोस्ट

काठमाडौँ : यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ।
 
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताए।
 
राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ। दसैँको टीकाका लागि आफ्नो पारिवारिक मिलनसहित सर्वसाधारणले पनि तयारी गरिरहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell