PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

पर्वहरुलाई पुनर्परिभाषित गर्नुपर्छ भन्दै प्रधानमन्त्रीले दिए दसैंको शुभकामना



पहिलोपोस्ट

पर्वहरुलाई पुनर्परिभाषित गर्नुपर्छ भन्दै प्रधानमन्त्रीले दिए दसैंको शुभकामना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयादशीको अवसरमा देशभित्र र बाहिर रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना दिएका छन्।
 
आज बिहानै शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर र बहुविविधतापूर्ण राष्ट्र रहेको भन्दै दसैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउने उल्लेख गरेका छन्।
 
नेपाल यति बेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि जुन बलिदानी र एकताको प्रदर्शन भएको थियो, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य अनिवार्य भएको पनि जनाएका छन्।
  
हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्न पनि उनको आग्रह छ।

बडादसैं २०७३ ले आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकासका रुपमा मनाउन पनि उनले सबै नेपालीहरुलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell